Tuesday, October 22, 2024

बर्दियामा अत्यधिक गर्मीका बडी कारण यस तराईका क्षेत्रको जनजीवन प्रभावित बनेको छ ,! जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।

ताजा / भरखरै प्राप्त

दिनप्रतिदिन यहाँको गर्मी बढिरहेको छ भने दिन भरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन थप अस्तव्यस्त बनेको स्थानीय बताउँछन् । अत्यधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र बाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको मधुवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नृप सोडारीले बताए ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका छन् ।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छाला जन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा पाण्डेले बताए । बालबालिकामा शरीर भरि रातो बिमिरो आउने, बिमिरो पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
गर्मी !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles