Thursday, November 14, 2024

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० रूपैयाँ बजेट ल्याएको छ । उपप्रमुख किशोरी साहले शुक्रबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

बजेटमा चालूतर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पूँजीगततर्फ १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटमा आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रूपैयाँ र बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० आम्दानी हुने उल्लेख छ ।

बजेटअनुसार आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उपमहानगरपालिकाले फोहरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाको गाडी पार्किङस्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको थप निर्माणका लागि २० लाख र घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख बजेट विनियोजन गरेको छ!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles