Friday, January 17, 2025

काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ ।

ताजा / भरखरै प्राप्त

अधिवक्ता वर्षकुमारी झाले यहि असार ८ मा दायर गराएकी मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

यसअघि उच्च अदालत पाटनले काठमाडौं महानगरका मेयर बालेनले महानगरभित्र भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि भारतीय फिल्म चल्न नदिने घोषणा गरेका विरुद्ध परेको मुद्दामा बालेनको विरुद्धमा आदेश दिएको थियो ।

आदेशमा फिल्म चलाउन रोक नलगाउन भनिएको थियो । त्यसपछि मेयर बालेनले ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा अदालत र सरकार नमान्ने’ भनेर सामाजिक संजालमा अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिले अदालतको अपहेलना भएको जिकिर मुद्दामा पक्ष झाले गरेकी छिन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles