Monday, February 17, 2025

प्रतिनिधिसभा बैठकमा भारतले आफ्नो संसद भवनमा नेपालको भूभाग लुम्बिनी, कपिलवस्तु, विराटनगर लगायत समेत समेटेर राखेको ‘अखण्ड भारत’ नक्साबारे उठाएका परराष्ट्रमन्त्री एनपी साउदले स्पष्ट जवाफ दिन सकेनन् । यसअघिका बैठकमा उठाइएका प्रश्नको जवाफ सोमबार प्रतिनिधिसभाको बैठकमा दिँदै मन्त्री साउदले स्पष्ट जवाफ दिएनन् ।

ताजा / भरखरै प्राप्त

उनले भारत पक्षले ‘अखण्ड भारत’ नक्सा राजनीतिक नभई राजा अशोकका बेला ऐतिहासिक भएको कुरा स्पष्ट पारिसकेको भन्दै यसमा थप भनिरहन नपर्ने जवाफ दिए । सांसदहरुले भारतले नेपाली भूभागमाथि निरन्तर अतिक्रमण गरिरहेको र नक्सामा समेत नेपाली भूभाग समेटेर हस्तक्षेप जारी राखेका बारे सरकारले भारतसँग सिधा कुरा किन गर्न नसकेको ? भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री साउदले सपाट जवाफ दिन सकेनन् । उल्टै विदेशी नीतिसँग जोडिएको विषमा सांसदहरुले राजनीति खपत गर्न र भावनामा आएर प्रश्न उठाएको आरोप लगाए ।

विदेश नीतिसँग जोडिएका यस्ता मामिलामा खाली आन्तरिक राजनीति खपत गर्न र भावनात्मक कुरा गरेर मात्र संभव हुँदैन’ मन्त्री साउदले भने, ‘विषयको गम्भीर्यतालाई बुझेर मात्र विषय उठाउन म माननीय ज्यूहरुलाई आग्रह गर्छु ।’

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सीमा समस्यालाई दुवै देशबीच छलफलबाट गरिने भनेर बताइसकेको भन्दै सांसदहरुको प्रश्नको ठोस जवाफ नदिई टारेका छन् ।

साथै, नक्साबारे भारत पक्षसँग यथार्थ जानकारी लिएर अवगत गराउन भारतका लागि नेपाली राजदूतलाई पत्र पठाइसकिएको र जवाफ आउन बाँकी रहेको जानकारी दिए । सार्क सम्मेलनबारे उठाइएका प्रश्नको जवाफमा उनले सार्कका सबै सदस्य राष्ट्रहरुको सहमतिले मात्र सम्मेलन आयोजना संभवन हुने बताउँदै स्पष्ट जवाफ दिएनन् । भ्रमणका क्रममा प्रधानमन्त्रीबीचको वार्तामा परराष्ट्रमन्त्री अनुपस्थितिबारे राखेका प्रश्नप्रति उनी मौन बसे ।

सम्मेलन आयोजना गर्नेबारे परामर्श गर्ने दायित्वमा नेपाल रहेको छ । हाल सार्कका अध्यक्ष नेपाल रहेको छ ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
लेखकबाट थप

सम्बन्धित पोस्ट
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई कारबाही, हाजिर नगराउने तहको खाता रोक्का हुने
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई कारबाही, हाजिर नगराउने तहको खाता रोक्का हुने
असार ११, २०८० सोमबार

कांग्रेसले अनलाइनबाटै सदस्यता वितरण गर्ने
कांग्रेसले अनलाइनबाटै सदस्यता वितरण गर्ने
असार ११, २०८० सोमबार

पाँच वर्षसम्म यो गठबन्धनले नै सरकारको नेतृत्व गर्छ : प्रधानमन्त्री
पाँच वर्षसम्म यो गठबन्धनले नै सरकारको नेतृत्व गर्छ : प्रधानमन्त्री
असार ११, २०८० सोमबार


बालेन लोकप्रियताका खास चार कारण
बालेन लोकप्रियताका खास चार कारण
विनोद त्रिपाठी

असार ९, २०८० शनिबार

प्रतिबन्धित रिसाइकल प्लाष्टिक दानाको आयात, भन्सारमा चल्दै आएको सेटिङ्गको कारोवार छताछुल्ल
प्रतिबन्धित रिसाइकल प्लाष्टिक दानाको आयात, भन्सारमा चल्दै आएको सेटिङ्गको कारोवार छताछुल्ल
नेपालबहस संवाददाता

असार १०, २०८० आइतबार

कांग्रेसको विरासत बचाउन नेतृत्वले आफैंभित्र परिवर्तन गर्नु आवश्यक छ
कांग्रेसको विरासत बचाउन नेतृत्वले आफैंभित्र परिवर्तन गर्नु आवश्यक छ
कुसुम सेञ्चुरी

असार १०, २०८० आइतबार

गर्मी मौसममा दही–मोहीकाे महिमा, यस्ता छन् फाइदा
गर्मी मौसममा दही–मोहीकाे महिमा, यस्ता छन् फाइदा
नेपालबहस संवाददाता

असार ९, २०८० शनिबार

लोकप्रिय
प्रतिबन्धित रिसाइकल प्लाष्टिक दानाको आयात, भन्सारमा चल्दै आएको सेटिङ्गको कारोवार छताछुल्ल

प्रतिबन्धित रिसाइकल प्लाष्टिक दानाको आयात, भन्सारमा चल्दै आएको सेटिङ्गको कारोवार छताछुल्ल
असार १०, २०८० आइतबार

कांग्रेसको विरासत बचाउन नेतृत्वले आफैंभित्र परिवर्तन गर्नु आवश्यक छ

कांग्रेसको विरासत बचाउन नेतृत्वले आफैंभित्र परिवर्तन गर्नु आवश्यक छ
असार १०, २०८० आइतबार

जनचेतनाको कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै

जनचेतनाको कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै
असार १०, २०८० आइतबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles