Friday, January 17, 2025

वीरगन्ज र भैरहवा नाकामा आयात ठप्प, राजस्वमा कमी -:

ताजा / भरखरै प्राप्त

वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापार घटेपछि समग्र भन्सारको राजस्वमा असर देखिएको छ । यी भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा ३५ प्रतिशत र राजस्वमा ४० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । यातायातका साधन र पेट्रोलियम पदार्थको आयातमा कमी आएपछि राजस्व घटेको वीरगन्ज भन्सार कार्यालयको भनाई छ । भैरहवा कार्यालयबाट गत वर्ष जेठसम्म १ खर्ब ८ अर्ब रूपैयाँ राजस्व उठेकोमा यो वर्ष ६९ अर्ब ६४ करोड रूपैयाँमात्रै उठेको छ । यस्तै, वीरगन्ज कार्यालयबाट गत वर्ष जेठसम्म १ खर्ब ८८ अर्ब रूपैयाँ संकलन भएकोमा यो वर्ष १ खर्ब ४२ अर्ब रूपैयाँ संकलन भएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भैरहवा र वीरगन्जमा रहेका दुई भन्सार नाकाको योगदान ६७ प्रतिशत छ ।

Previous article
सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमानेपाल मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका कात्तिक कामतले ३ विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।सिंगापुरका हरिहरणले ३ विकेट लिए ।नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।
Next article
झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् ।बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए ।उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा छोरी हुन् भनी बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको देखिएको छ ,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles