शुक्रबार नेपाल प्रहरीको कार्ययोजना २०८० सार्जजनिक गर्न प्रहरी प्रधान कार्यालय नक्सालकमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक कुँवरले भएको स्रोत र साधनबाट संगठन सुधारका लागि धेरै काम गर्ने प्रयार भइरहेको जानकारी दिए । उनले भएका कर्मचारीहरुलाई पनि आकर्षक सुविधा दिएर काममा लगाउन बजेटकै कुरा पहिले आउने बताए । तल्लो तहका कर्मचारीको अवकास योजना कार्यान्वयनको चरणमा रहेको बताए ।
नेपाल प्रहरीलाई आधुनिक युग र प्रविधि अनुसारको बनाउन आवश्यक योजना अगाडी बढिरहेको भन्दै कुँवरले प्रविधिमा आधारित अपराध नियन्त्रणका लागि प्राविधिक जनशक्तिको ठूलो अभाव रहेको बताए । साइवर अपराधका उजुरी दिनानुदिन बढिहेको,यस्ता अपराधको नियन्त्रणका लागि आवश्यक जनशक्ति तयार गर्न पनि समय लाग्ने भन्दै उनले भइरहेको सिमित जनशक्तिबाट भनेजति कामका नतिजा दिन नसकिएको बताए ।
उनले प्रदेश प्रहरी ऐन तयारी अवस्थामा रहेको र केहि प्राविधिक कुराहरु मिलाउन बाँकी रहेकाले चाँडै कार्यान्वयनमा आउने बताए । सातै प्रदेशमा प्रदेशस्तरीय योजनाहरु तयार भएका र यसलाई आगामी आर्थिक वर्षदेखि लागु गरिने उनले बताए । ठूला अपराधका घटनाहरुमा नक्कली शरणार्थी प्रकरण र ललिता निवास जग्गा हिनामिना प्रकरणका कारवाहीहरु कानुन अनुसार अगाडी बढिरहने र अनुसन्धानका क्रमम कतैबाट पनि दवाव र हस्तक्षेपहरू नभएको उनको भनाइ छ ।
उनले सवै खालका अपराध नियन्त्रणका लागि मातहतका प्रहरीका नियकायहरुलाई योजना बनाएर खटाइएको र कार्ययोजना २०८० अनुसार संगठनका सबै गतिविधिहरु सञ्चालन हुने बताए । सहकारीबाट ठगिएका पिडतहरु उजुरी लिएर सिधै नेपाल प्रहरीसमक्ष आउन नसक्ने भएपनि विभिन्न विधि र प्रक्रियाबाट अपराधी समाउने काम भइरहेको बताए ।
प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षमा भएका कामको प्रगति विवरण र आगामी आर्थिक वर्षमा गरिने कामको कार्ययोजना आज सार्वजनिक गरेको हो । यसमा प्रहरी महानिरीक्षकमा बशन्त कुँवर आएपछि गत तीन महिनामा भएका कामको विवरणबारे पनि जानकारी दिइएको थियो ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
प्रचण्डले भारतीय गुप्तचर प्रमुखलाई घरमै भेटेर राष्ट्रहित विपरित काम गर्नुभोः ओली
प्रचण्डले भारतीय गुप्तचर प्रमुखलाई घरमै भेटेर राष्ट्रहित विपरित काम गर्नुभोः ओली
असार २२, २०८० शुक्रबार
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड
असार २२, २०८० शुक्रबार
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाई भेट
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाई भेट
असार २२, २०८० शुक्रबार
असार २२, २०८० शुक्रबार
कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको हस्ताक्षर गरिएको प्रति नेता कोइरालाको आपत्ति
कोशी प्रदेश सरकार गठनका लागि बहुमत पुर्याउन सभामुखको हस्ताक्षर गरिएको प्रति नेता कोइरालाको आपत्ति
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
असार २१, २०८० बिहिबार
प्रेस यूनियनको दवावपछि २४ घण्टामै सूचना विभागले रद्द गर्यो सूचना, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई राहत
प्रेस यूनियनको दवावपछि २४ घण्टामै सूचना विभागले रद्द गर्यो सूचना, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई राहत
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार
लोकप्रिय
चोरीका कारण सडकमा आइपुगेका व्यवसायीको कथा
१
चोरीका कारण सडकमा आइपुगेका व्यवसायीको कथा
असार २२, २०८० शुक्रबार
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
२
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
असार २२, २०८० शुक्रबार
आईजीपीले भगाएका घुमुवालाई डीआईजीको साथ
३
आईजीपीले भगाएका घुमुवालाई डीआईजीको साथ
असार २२, २०८० शुक्रबार