Friday, January 17, 2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि लगाइएका भ्रष्टाचार जन्य संघिन आरोपहरु प्रधानमन्त्रीले फिर्ता लिएपछि सदन चल्ने बताएका छन् । उनले प्रधानमन्त्रीकै कारण संखद नचलेको आरोप पनि लगाएका छन् ।

ताजा / भरखरै प्राप्त

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको बताए । ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भए पनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले संसद अवरोध भएको बताए । उनले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको पनि बताए ।

यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो । यो बैठकमा एमालेका नेताहरुलाई भ्रष्टाचार प्रकरणमा नचलाउने सर्तमा ओली संसद अवरोध खोल्न राजी भएको भनिएको थियो । यस विषयमा भने उनले केही बताएनन् ।

अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
भ्रष्टाचार प्रकरणमा एमाले नेताहरु नचलाउने सर्तमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संसद खुलाउने सहमति
भ्रष्टाचार प्रकरणमा एमाले नेताहरु नचलाउने सर्तमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संसद खुलाउने सहमति
असार २४, २०८० आइतबार

प्रतिनिधिसभा बैठक बस्न सकेन, भोलि दिउँसाे ३ बजेका लागि बोलाइयो
प्रतिनिधिसभा बैठक बस्न सकेन, भोलि दिउँसाे ३ बजेका लागि बोलाइयो
असार २४, २०८० आइतबार

प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्दै एमाले
प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्दै एमाले
असार २४, २०८० आइतबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles