Friday, January 17, 2025

बालकृष्ण खाँणमाथि अझै भएन कारबाही, कांग्रेसमा चुलियो असन्तुष्टि

ताजा / भरखरै प्राप्त

। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । पुपक्र्षका लागि कारागार चलान भएका खाँणलाई पार्टीको जिम्मेवारीबाटसमेत कांग्रेसले हटाएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत बलियो हुँदा हुँदै पनि देउवा भने खाँणको बचाउमै छन् । जसका कारण कांग्रेसमा मतभेद झनै चुलिएको छ ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन् । गत असार १ गते काठमाडौं जिल्ला अदालतले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत वैशाख २७ गते विहानै खाँणलाई उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँणका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले नक्कली शरणार्थी प्रकरणमै सोही दिन पक्राउ गरेको थियो । नेपालीलाई गैरनागरिक बनाउँदै अमेरिका पठाउन लागिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने आवाज पार्टीभित्रैबाट उठेको थियो । तर पार्टी सभापति देउवाले नै खाँणलाई मुद्दाको किनारा नलाग्दा सम्म निलम्बन नगर्ने अडानमा रहे । चौतर्फी आलोचना भएपछि नेकपा एमालेले भने टोपबहादुर रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरेको थियो ।
पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशपछि पनि कांग्रेस नेता खाँणलाई पार्र्टीको जिम्मेवारीबाट हटाइएको छैन । झण्डै एक वर्षपछि साउन २ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठकमा समेत खाँणको विषयमा केही पनि निर्णय नगर्ने पक्षमा देउवा उभिएका छन् । विभिन्न भ्रष्टाचार काण्डका विषयमा नै छलफल नगर्ने देउवाले अडान लिइरहँदा पार्टीभित्रै देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति देउवाको विकल्प खोज्नुपर्ने पार्टीकै विभिन्न फोरमहरुमा बताउँदै आएका छन् । उनले आफू संसदीय दलको नेता बन्ने योजनामा छन् । पार्टी नेतृत्वको कार्यशैलीका कारण पार्टी झन् झन् कमजोर बनेको भन्दै महामन्त्री थापासहितका इतर पक्ष पार्टी नेतृत्वको सशक्त प्रतिवादमा उत्रिने तयारी गरेको छ ।
कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे अहिलेसम्म समीक्षासमेत गरेको छैन । तर इतर पक्ष भने गठबन्धन सरकारको हरेक निर्णयप्रति असन्तुष्ट छ । उता, कांग्रेसकै तेस्रो पुस्ताका भनिएका युवाहरुले देशब्यापी रुपमा आफूखुशी कांग्रेस रुपान्तरण अभियान चलाइरहेका छन् । पार्टी सभापति देउवालाई बेवास्ता गर्दै महामन्त्रीद्वयले हालै जिल्ला सभापतिहरुको भेलासमेत सम्पन्न गरे । महामन्त्रीद्वयको गतिविधि र युवाहरुले चलाएको अभियानप्रति असन्तुष्ट रहेका देउवाले केन्द्रीय समिति बैठकमा पार्टीभित्रका असन्तुष्टीहरुलाई कसरी समेटेर अघि बढ्छन्, त्यो भने हेर्न बाँकी नै छ । मदेश प्रदेश खबर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles