Tuesday, January 21, 2025

प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय कागजात बनाउने पक्राउप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । एआईजी किरण बज्राचार्यका अनुसार रानामगरलाई आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याइरहेको बज्राचार्यको भनाई छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी रोकिएजनप्रतिनिधिको नेतृत्वमा ककनी गाउँपालिकामा प्रदर्शनबञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । फोहोर र मानिसलाई सँगै राख्‍न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए ।सोमबार बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन् ।त्यहाँका स्थानीयवासी अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि आक्रोशित बनेको वडाध्यक्ष बजगाईंले बताए ।केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् । वडाध्यक्ष बजगाईंले भने,’हामीले फोहोर ल्याउने गाडीहरूबाट शुल्क उठाउने भनेर निर्णय पनि गरेका हौं । फोहोर थुपार्न नदिने भनेर जनता आक्रोशित भएर सडकमा आएपछि हामी जनप्रतिनिधि पनि आन्दोलनमा उत्रिएका हौं ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles