Monday, February 17, 2025

इस्लामावाद । इस्लामावाद हाईकोर्टले तोशाखाना मुद्दामा पुर्व प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा आज शुक्रबार आफ्नो फैसला सुनाउँदै छ ।

ताजा / भरखरै प्राप्त

पीटीआई प्रमुख खानले तोषखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका छन्। उच्च अदालतले बिहीबार यस विषयमा इमरान खानले दायर गरेको याचिकामा आफ्नो निर्णय सुरक्षित राखेको छ ।

डन अखबारका अनुसार पाकिस्तानको निर्वाचन आयोगले खानलाई गलत बयान र गलत घोषणा गरेको भन्दै अयोग्य ठहर गरिसकेको छ । खान विरुद्ध गत १० मे मा यो अभियोग लगाइएको थियो। आईएचसीका मुख्य न्यायाधीश अमिर फारुकले कारबाहीमा रोक लगाए। अतिरिक्त जिल्ला सत्र न्यायाधीश हुमायुन दिलावरले ८ कानुनी प्रश्नलाई ध्यानमा राखी तोशाखाना प्रकरणमा सात दिनभित्र पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

तर, जब न्यायाधीशले यस विषयमा पुनः जाँच गरेका थिए, त्यो बेला खानका वकिल ख्वाजा हरिस लगातार तेस्रो सुनुवाइमा उपस्थित भएनन्। त्यसपछि जुलाई ९ मा एडीएसजे दिलावरले मुद्दा चलाउन सकिने फैसला सुनाए। रोकिएको कार्यवाही सुचारु गर्न साक्षी बोलाइने छ। मुद्दाको सुनुवाइ हतारमा भएको भन्दै अधिवक्ताले निन्दा गर्दैै आएका छन । उनका अनुसार न्यायपालिकाले पक्षपात गरेको छ ।

पाकिस्तानको कानुन अनुसार विदेशी राज्यका गण्यमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबर रकम तिर्नु पर्ने हुन्छ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।

यो आरोपको सिलसिला भने इमरान प्रधानमन्त्री हुँदाबाट सुरु भएको थियो । सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रूपैयाँ बराबरका ५८ वटा उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए तर पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानूनमा समेत पनि परिवर्तन गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २.१५ करोडमा किनेका थिए तर बिक्री गरेर ५.८ करोड रुपैयाँ नाफा कमाउन सफल भए। जुन उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू लगायत रहेका छन ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
जलवायु मुद्दालाई चीनले बेवास्ता गरेको अमेरिकाको आरोप
जलवायु मुद्दालाई चीनले बेवास्ता गरेको अमेरिकाको आरोप
साउन १९, २०८० शुक्रबार

महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
साउन १९, २०८० शुक्रबार

चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना पक्राउ
चीनलाई गोप्य सूचना दिएको आरोपमा दुई अमेरिकी नौसेना

Previous article
Next article
पहिरोले घर बगाउँदा ३ जना बेपत्ता:-दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए । ‘घटनास्थल जाँदै छु,’ उनले भने, ‘पहिरोले बस्तीका धेरै घर जोखिममा परेको छ । टेलिफोन सम्पर्क पनि हुन सकेको छैन ।’यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए ।दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles