Friday, January 17, 2025

नेपाल पुलिस क्लबका खेलाडी शाह कुटिए, छानबिन समिति गठन

ताजा / भरखरै प्राप्त

नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् ।प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १० साउनमा बोलाएपछि दुवै जना कमलपोखरीस्थित एक रेष्टुरेन्टमा पुगेका थिए । त्यसक्रममा विवाद भएपछि रितेशले कुटपिट गरेको बताइएको छ ।घटनाबारे जानकारी पाएपछि छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । ‘प्रहरी कर्मचारी त्यसमाथि खेलाडी त अझ बढी अनुशासित हुनुपर्ने हो, आचरण विपरीतको काम गरेको पाइएपछि प्रहरी नायब निरीक्षक (सई) रितेशलाई निलम्बन गरेका छौं’, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एआईजी टेकप्रसाद राईले भने, ‘छानबिनका लागि एसएसपी वेलबहादुर पाण्डेको नेतृत्वमा समिति बनेको छ ।’
राष्ट्रिय टिमका समेत पूर्वखेलाडी रितेश म्याच फिक्सिङ प्रकरणमा परेपछि फुटबल खेल्नबाट प्रतिबन्धित भएका थिए । पछि सफाइ पाएर उनी प्रहरीको जागिरमा जोडिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles