Wednesday, April 15, 2026

खड्कालाई थुनामै राख्न आदेश,थप कागजात आएपछि मुद्दा अगाडि बढाइने:-

ताजा / भरखरै प्राप्त

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश, बिहीबार थप कागजात आएपछि मुद्दा अगाडि बढाइने छ ।

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई हालकै अवस्थामा राख्न निर्देशन दिएको जनाइएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उक्त आदेश जारी गरेको जनाइएको छ । आदेशमा “निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु” भनी उल्लेख गरिएको छ । साथै, यस मुद्दाको अर्को सुनुवाइ वैशाख ३ गतेका लागि तोकिएको अदालतले जनाएको छ।
रिटमाथिको बहसमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने र सतिषकृष्ण खरेलले निवेदकको पक्षबाट बहस गरेका थिए भने सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका थिए।
खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो । उनीमाथि जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी भएपछि फेला परेको जलेको रकम र त्यससँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । उक्त घटनापछि सामाजिक सञ्जालमा जलेका नेपाली तथा विदेशी नोटका तस्बिर र भिडियो सार्वजनिक भएका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका अवशेष र खरानी संकलन गरी अनुसन्धान अघि बढाएको छ । घटनाले राजनीतिक र कानुनी वृत्तमा व्यापक चासो सिर्जना गरेको छ भने अबको सुनुवाइले यस प्रकरणमा थप दिशा तय गर्ने अपेक्षा गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles