Tuesday, January 21, 2025

लमजुङमा जुवा खालबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउलमजुङ । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ ।बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब साँढे ४ लाख रुपैयाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले बतायो।घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेका बताए ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
होटलको कोठामा जुवा खेलिरहेका ५ प्रहरीको नियन्त्रणमाहेटौंडा । हेटौंडाको एभोकाडो होटलको कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार साँझ हेटौंडा–२ स्थित एभोकाडो होटलको कोठा नम्बर २०८ मा जुवाको खालबाट ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।अवैध रुपमा जुवा खेलिरहेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उक्त होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।उनका अनुसार जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा हेटौडा–१ बस्ने वर्ष ४० को बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने वर्ष ३५ को दिपक घले, चितवनको भरतपुर महानगरपालिका–२ घर भई हाल हेटौडा– ४ बस्ने वर्ष ४५ को सुन्दर कुमार श्रेष्ठ, हेटौडा–५ बस्ने वर्ष ३४ को सहदेव लम्साल, हेटौंडा ४ बस्ने वर्ष ४२ को प्रकाश मानन्धर रहेका छन् ।उनीहरुलाई २ लाख ५४ हजार ४२० रुपैयाँको जुवा खालबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । उनीहरुको साथबाट २ बुक सिल भएको तास, २ बुक खुल्ला गरिएको तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थान बरामद गरीएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles