काठमाडौँ महानगरपालिका-१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित काठमाडौं महानगरपालिका-८ पशुपति घर बताउने
२५ वर्षीय अभय प्रधानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट
खटिएको प्रहरीले
कालिमाटीबाट बालाजुतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३१ प ५१४८ नम्बरको स्कुटरलाई
जाँच गर्ने क्रममा स्कुटरको डिकीबाट उक्त नगद फेला पारी स्कुटर चालक अभयलाई पक्राउ
गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले बताएका छन् ।


