पर्सा जिल्लाका वीरगञ्ज महानगरपालिकामा रहेका मुस्लिम समुदायका मदरसाहरुमा पर्सा प्रहरीको अनुगमन तथा कडाईका साथ चेकजाँच ।

पर्सा प्रहरीले वीरगञ्जका विभिन्न मदरसामा अनुगमनलाई तीव्र बनाएको जनाइएको छ । पहिलो चरणमा छपकैया क्षेत्रका चार मदरसामा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले निरीक्षण गरेको देखिन्छ ।
प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गरिएको जाँचमा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको पाइएपछि तत्काल कानुनी प्रक्रिया पूरा गर्न निर्देशनसमेत दिइएको बताइएको छ।
प्रहरीले अन्य मदरसामा पनि अनुगमन जारी रहने जनाउँदै सबै शैक्षिक संस्थालाई आवश्यक कागजात अद्यावधिक राख्न र कानुनअनुसार सञ्चालन गर्न आग्रह गरेको पर्साका प्रहरीले जनाएको छ ।


