
सशस्त्र प्रहरी बल नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय
ककनीमा कार्तिक ८ गते United Nations Day-2024 को
अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न
भएका छन् ।
शिक्षालयका समादेशक सशस्त्र प्रहरीका
बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको उपस्थितिमा सम्पन्न भएको हो।
प्रभातफेरी कार्यक्रम शिक्षालयको मेनगेट हुँदै ककनी बजार,
ककनी अन्तर्राष्ट्रिय
स्काउट केन्द्र परिक्रमा गरेको थियो ।
सोही अवसरमा ककनी बजार, शिवमन्दिरको
थाई स्मृती पार्क लगायतका स्थानहरुमा सशस्त्र प्रहरीले सरसफाई समेत गरिएका छन् ।


