Thursday, December 5, 2024

मुग्लिन- नारायणगढ सडकमा सवारी दुर्घटना ;

ताजा / भरखरै प्राप्त

नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना भएकोमा पाँच जनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना हुँदा पाँचजना मृत्यु भएका छन् ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने
पाँचजना घाइते
भएका छन् ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएको थियो । माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला,
३२ वर्षीय र ३५ वर्षीय
पुरुषको मृत्यु
भएको हो ।

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles