
पर्साको बिरजञज पावरहाउस – ड्राइपोर्ट रोडखण्डमा पर्ने वीरगञ्ज-१३ सरिसवा स्थित पुलमा हिजो राति करिब ९ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलमा सवार बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ४० वर्षिय जटाशंकर प्रसाद जैसवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) किशोर लम्सालका अनुसार उनको साथबाट प्राप्त परिचयपत्रको आधारमा जैसवाल नै रहेको छ भनिएका पनि सनाखत
हुन बाँकी रहेको छ ।
डिएसपी लम्सालका अनुसार अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको
ट्रक प्रहरीले नियन्त्रणमा लिइएकोछ ।
सो कारण नियन्त्रणमा लिइएको ट्रकको नम्बर खुलाईएको छैन ।
दुर्घटनामा परेकोमृतकको शव पोष्टमार्टमको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको डिएसपी लम्सालले जानकारी दिएको छन् ।
(मोटरसाइकल दुर्घटना)


