Wednesday, April 22, 2026

रवि लामिछानेको सोमबारबाट थुनछेक बहस हुने”

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ ।
आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि उनलाई हिरासतमै फर्काइएको हो ।
कात्तिक २ गते काठामाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि,
कास्कीमै राखिएको थियो ।जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस आरम्भ भएन ।
यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो ।

अब उनी थुनछेक बहस नसकिञ्जेलसम्म
कास्की प्रहरीकै न्यायिक हिरासतमा रहने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles