पर्साका प्रहरीलाई बिशेष सुचना आएपछि बिरगञजको होटल हरुमा छापामारी गरि युवतीहरुलाई प्रलोभनमा पारि धन्दा चलाएकोमा होटलको मालकिनसहित चार जनालाई पर्साका प्रहरीले पक्राउ गरेको छन्।
पर्सा प्रहरीले मानव बेचबिखन कार्यमाल संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको सयुँक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार नजिक सञ्चालनमा रहेका होटलहरु चेकजाँच गर्ने क्रममा आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरुसँग शारिरीक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको छन् ।
स्वस्तिका होटलबाट एक जना र होटल रितेशबाट एक जना गरी दुई जना महिलाको उद्दार गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास भट्टले जानकारी दिएका छन् ।
उनकाअनुसार भारत बिहार राज्य जिल्ला छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया वडा नं. ११
बस्ने ३५ वर्षीय मनेजर राय, र नेपालको महोत्तरीका भंगहा नगरपालिका वडा २ टिकुलिया बस्ने ३२ वर्षीय सुक्राति चौधरी, तथा ओखलढुंगाको देयाले गाउँपालिका ५ बस्ने ३३ वर्षीय दिपेश राई र बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ बस्ने ३८ वर्षीय मिरा कुमारीलाई पक्राउ प्रहरीले
गरिएको हो ।
उनीहरुविछ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण
ऐन २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिएको छन् ।


