Tuesday, April 28, 2026

Notice ✍️श्री ५ महाराजधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता ————————————————————————-

ताजा / भरखरै प्राप्त

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा, मिति २०८१ फाल्गुण ७ गते, राष्ट्रको रक्षा, राष्ट्रिय एकता कायम राखी, देशको समृद्धि, उन्नति, प्रगति तथा कला-संस्कृति र नेपालीहरूको गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त गरिएको शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु।

नेपालमा संवैधानिक राजसंस्था सहित हिन्दू, बौद्ध, र किरात राष्ट्र निर्माण गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्ति, देश-विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरूलाई यो घडीमा राजसंस्थालाई साथ दिन अनुरोध गर्दछु।

राजा सबै नेपालीका साझा अभिभावक हुन्। २०६२/०६३ पछिको परिवर्तनका सत्ताधारीहरूले राष्ट्रप्रति देखाएको उपेक्षा र जनताले भोगेको अवस्था प्रत्यक्ष प्रमाणित भइसकेको छ। वर्तमान अवस्थाले अब राजतन्त्र नै देशको अन्तिम विकल्प हो भन्ने कुरा जनताले बुझिसकेका छन्।

यस स्थितिमा, अब जनताले राजालाई साथ दिनु आजको आवश्यकता हो। त्यसैले, राजा श्री ५ को आव्हानलाई सबैले साथ दिऔँ।

जय राष्ट्रवाद!

रमेश राज वास्तोला
पोर्तुगल लिजवन को लागि पर्यटन प्रवर्द्धक।सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles