Sunday, May 31, 2026

ब्राउनसुगरसहित चार जना भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले ठुलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।
पर्साका वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल निवासी अमित कुमार श्रीवास्तव, किसन कुमार,तथा सुधीर कुमार कुशवाहा र राजाकुमार यादवलाई पर्साका प्रहरी चाैकीका बरिस्ठ सई. प्रहरी नायब (निरीक्षक) वरिष्ठ सई. योगेन्द्र थापाले पक्राउ गरेका छन् । पर्साका प्रहरी वरिष्ठ सई. योगेन्द्र थापाले
विशेष सूचनाका आधारमा चेक जाँचका क्रममा प्रहरीले भारतीय नम्बरको स्कारपियोसहित चारै जनालाई पक्राउ गरेको हो, पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता (डीएसपी) किशोर लम्सालले बताएका छन् । उनका अनुसार प्रहरीले उनीहरुको साथबाट बीआर ०६ बीई ०००७ नम्बरको स्कारपियोको पछाडिको डीक्कमा राखिएको अवस्तामा ब्राउनसुगर फेला परेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखीएको छ। थप अनुसन्धान सुरु गरिएको पर्साका प्रहरीले बताउँछन् । चारै जनामाथि लागु औषध मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्यादस थप भइसकेको पर्साका प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles