Tuesday, April 28, 2026

सशस्त्र प्रहरीद्वारा भन्सार काटिएको पिकप माछासहित भन्सार बुझाइयो:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीका डीएसपी लोकेन्द्र सुब्बाले बिल वीजक भएको माछा पिकपसहित पर्साका बिरगंज भन्सारमा बुझाएको आरोप लागिएको छ । सशस्त्र प्रहरी बल गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीहरुलाई दुःख दिएका व्यवसायीहरुले आरोप लगाएका छन् । पीडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डीएसपी सुब्बाले माछा बोकेको गाडी रोकेर माछा जफत गरी भन्सार कार्यालयमा बुझाएका छन् । यो,घटना बैशाख १० गतेको हो बताइएको छ । बीरगंजको नागवा क्षेत्रमा सञ्चालनमा रहेको ‘आरभ फिस सप्लायर्स बाट माछा लोड गरेर निस्किएको पिकअप गाडी नम्बर प्रदेश ०३–००१ च ७९९२ का चालक सरोज सहनी मलाहाले नवलपरासी र कास्कीसम्म माछा पुर्‍याउने योजना बनाएका थिए । तर बीरगंज महानगरपालिका वडा नं. २५, ड्राईपोर्ट सिरिसियास्थित आफ्नै घरमा छोटो पाटीमा सहभागी भएर राती २ बजे माछा लिएर निस्किएको बताइएको छ । तर उक्त माछा बोकेका गाडी ड्राईपोर्टबाट परवानीपुर जाने क्रममा सशस्त्र प्रहरीका (डीएसपी) लोकेन्द्र सुब्बाले गाडी रोकेर चालकसँग कागजात र बिल मागेका थिए” चालकले तत्कालै माछाको बिल देखाए पनि सशस्त्रका डीएसपीले उक्त बिललाई अटेर गर्दै माछा सहितको गाडी नियन्त्रणमा लिएर पर्साका बीरगंज भन्सार कार्यालय बुझाएका छन् । आरभ फिस सप्लायर्सका सञ्चालक प्रकाश कुमार साहका अनुसार, व्यवसायिक प्रयोजनका लागि विधिपूर्वक बनाइएको बिल र सम्पूर्ण कागजात प्रस्तुत गर्दा पनि माछा जफत गरिनु अन्यायपूर्ण र दुराशयपूर्ण कार्य रहेको छ। सशस्त्र प्रहरीले व्यापारी र चालकलाई डर, त्रास र मानसिक तनाव दिने कार्य गरेको भन्दै घोर अन्याय भएको बताएका छन् । उनले भने, “हामी वर्षौंदेखि व्यवसाय गर्दै आएका छौं, र हामीले सबै प्रक्रिया अनुसार बिल बनाउने, तथा सरकारी कर तिर्ने आएका छौं । तर डीएसपी सुब्बाको यो व्यवहारले हामीजस्ता व्यापारीहरु अपमानित र निरुत्साहित भएका छौं। ”व्यवसायीको गुनासो रहेको छ । उनका अनुसार, यो कार्यले माछा व्यापारी डर र त्रासमा रहेको र माछा नष्ट हुने संवेदनशील वस्तु भएकाले ढिलाइ वा अनावश्यक रोकावटले ठूलो आर्थिक क्षति पुर्‍याउने व्यापारीहरूको भनाइ रहेको छ । सशस्त्रका डीएसपी सुब्बाको तर्फबाट भने यस घटनामा आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । तर व्यवसायी र चालकको भनाइ अनुसार, माछाको बिल देखाउँदा पनि गाडी रोकिनु र मालसामान भन्सारमा बुझाइनु गैरजिम्मेवारपूर्ण कार्य रहेको बताउँछन् । व्यवसायी पक्षले यस विषयमा सम्बन्धित निकायमा लिखित उजुरी दिने तयारी गरिरहेको छैँ, माछा व्यवसाय बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles