सशस्त्र प्रहरी बल पर्साले ४९ लाख रुपैयाँ मुल्य बराबरको अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी अलाैले जनाएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले पर्साको आईसिपी अलौ, तिलावेपुल, अमरपटी, झौवा, प्रसौनी लगाएतका नाकाहरुबाट करिव ४९ लाख रुपैयाँ मुल्य बराबरको अवैध भन्सार छलेर नेपाल भित्र्याउदै गरेको लता कपडा अटो टेम्पो,माछा पक्राउ गरेको सशस्त्र प्रहरी अलौका नायव उपरिक्षक कृष्ण सिंह पुजाराले बताएकाछन् । सशस्त्र प्रहरीले १ महिना १२ दिनमा उक्त अवैध ४९ लाख रुपैयाँ मुल्य बराबरको सामान पक्राउ गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ, भने ७ लाख मुल्य बराबरको अवैध भारतिय बवाईलर कुखुराको चल्ला कुखुरा” माछा,लगायतका सामानहरु सशस्त्र प्रहरी अलौ गुल्मले खाल्टोमा गाडेर नष्ट गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी)पुजाराले बताउँछन् ।


