नेकपा एमालेका नेता प्रदीप नेपालको मंगलबार दिउँसो ७१ वर्षको उमेरमा निधन भएको छ। पार्किन्सन रोगबाट पीडित नेपाल पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेका स्थायी कमिटीका पूर्व सदस्य पनि थिए ।पारिवारिक स्रोतका अनुसार, नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेका थिए, जसमा उनले आफ्नो शवमा झण्डा नओढाउन, श्रद्धाञ्जली कार्यक्रम नगर्न, र मृत्यु पश्चात कुनै तामझाम नगर्न अनुरोध गरेका थिए। उनकाे अन्तिम संस्कार सामान्य हिन्दू परम्पराअनुसार गरिने जनाइएको छ। उनी कम्युनिस्ट पार्टीहरुको विभाजन र नेतृत्वका गतिविधिसँग असन्तुष ।


