Saturday, April 25, 2026

सशस्त्र प्रहरी पर्साद्वारा लाखौंको तस्करी गरेको गाडी नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंज आईसिपी भन्सारबाट जाँचपास भई छुटेको ट्रकमा रहेको सामान सहितको गाडी सशस्त्र प्रहरी अलाैले नियन्त्रणमा लिएको बताएको छ ।सशस्त्र प्रहरी गुल्म अलौले वीरगन्ज महानगरपालिका वडा नम्वर १७ स्थित सडकबाट आईसिपी भन्सार जाँचपास भई छुटेको डब्लु बि ११ ई ६६६२ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले बिषेश सुचनाको आधारमा भन्सारबाट जाँचपास भई मालसामान बोकी पथलैया तर्फ जाँदै गरेको अवस्थामा आईसिपी चौकबाट सो भारतिय नम्वरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भारतिय नम्वरको गाडीमा १ करोड १५ लाख मुल्य बराबरको बिल विजक ( प्रगयापन पत्र ) रहेको र सो गाडीमा भन्सार छलेर लता कपडा लुकाई छिपाई राखेको विषेश सुराकीको आधारमा गाडीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) कृष्ण सिंह पुजाराले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles