सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन्। विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिएका छन् ।


