Sunday, April 26, 2026

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति सम्बन्धि छलफल केही बेरका लागि सारियो:-

ताजा / भरखरै प्राप्त

राष्ट्रपति निवासमा आज बिहान ९ बजे तय गरिएको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति सम्बन्धी छलफल केही घण्टाका लागि सारिएको बताइएको छ । स्रोतका अनुसार, वार्तामा सहभागी पक्षहरूले आ–आफ्नो आन्तरिक छलफल गर्नुपर्ने भएकाले समय स्थगित गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न राजनीतिक दलसँग छलफल गरेका थिए। दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन्। अर्कोतर्फ, आन्दोलनरत पक्ष जेनजी संसद विघटनको पक्षमा छ। संविधान अनुसार, संसद सदस्य नभएका व्यक्ति प्रधानमन्त्री हुन सक्दैनन्।

वार्तामा सहभागी पक्षहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेमा सहमति जनाएका छन्। तर, संसदले अनुमोदन गर्ने विधिमा पूर्ण सहमति जुट्न सकेको छैन” स्रोतले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles