Saturday, April 25, 2026

सशस्त्र प्रहरी धनुषाद्वारा ८३५ किलो गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी धनुषाले विदेह नगरपालिका–३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएकोटोलीले सो गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई राखिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी जनकपुरधामले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles