Sunday, April 26, 2026

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा भेटघाट कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका महानगरको ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी र समुदायबीचको आपसी समन्वय, सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको हो ।
उक्त कार्यक्रमको अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको भएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, वडा प्रहरी कार्यालय पर्साका प्रमुख निरोज चौलागाईं, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, केन्द्रका सदस्यहरू, तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ ।
जय प्रकाश खेतानले प्रहरी उपरीक्षक सुदिप राज पाठकलाई फूलमाला र खादा लगाएर स्वागत गर्दै ग्रीनसिटी क्षेत्रलाई शान्त, सुरक्षित र अपराधमुक्त राख्न प्रहरीको सक्रिय भूमिकाको प्रशंसा गर्नका साथै आगामी दिनमा समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्रहरी उपरीक्षक सुदिप राज पाठकले पनि सामुदायिक सहयोगकै कारण पछिल्ला दिनमा पर्सा जिल्लामा आपराधिक गतिविधिमा कमी आएको बताउँदै समुदायहरुको सुझाव र सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता रहेको जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles