Sunday, April 26, 2026

माटोको ढिस्कोले पुरिँदा एकजना महिलाको मृत्यु,१० घाईते:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको सेम्राैनगढमा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा माटोमा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।
बाराका सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।
उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा आज बिहान उनी माटोमा पुरिएका थिए। घटनामा अन्य १० जना सामान्य घाइते भएका छन् भने, दुई जना गम्भीर घाइते भएका छन् । घाईतेहरुको नाम खुल्न बाँकी रहेको छ ।
सबै घाइतेहरुलाई उपचारका लागि प्रदेशिक अस्पताल बाराको कलैयामा भर्ना गरिएको बाराका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles