Saturday, April 25, 2026

नेपाल प्रहरीको हतियार लुटेर भाइरल बनेका अदित्य पक्राउ:-

ताजा / भरखरै प्राप्त

जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्दै भाइरल बनेका आदित्य लिम्बु खैरो हिरोइन (ब्राउन सुगर) सहित झापामा प्रहरीद्वारा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुले १८ वर्षीय आदित्यलाई लागुऔषधसहित पक्राउ गरिएको पुष्टि गरेका छन् ।
आदित्य झापा दमक नगरपालिका–३ का बासिन्दा हुन् । उनले गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको बन्दुक खोसेर भिडियो बनाएका थिए । सो भिडियो भाइरल बनेपछि उनी केही समय ‘आन्दोलनका प्रतीक’का रूपमा चर्चामा आएका छन् । तर हाल उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रमाणसहित पक्राउ परेको प्रहरीले बताउँछन् । एसपी लिम्बुका अनुसार, आदित्यसहित आठ जनाको समूहलाई शनिबार साँझ ५ बजे दमक–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर–ए ३ को हट नम्बर ३५३ बाट नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मार्दा चस्माको खोलभित्र लुकाइएको ७.८ ग्राम खैरो हिरोइन फेला परेको छ, र पक्राउ परेकामध्ये मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल पनि रहेका छन् , जो गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट फरार भएको थियो । पक्राउ पर्नेमा साजन थापा (२७), दिपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५) र विजय माझी (२५) रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles