Saturday, April 25, 2026

कुस्ती दंगलका खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मधेस प्रेदेशका ‌‌‌‌सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. ४ स्थित थलहामा कार्तिक ११ र १२ गते नेपाल र भारत विच अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता भएको थियो । प्रतियोगितामा नेपला प्रहरीका प्र.स.नि.विनोद सहनी प्रथम, प्र.ह.भगवत शाह प्रथम, प्र.ह.रितेश प्रसाद यादव प्रथम, प्र.ज.धर्मेन्द्र प्रसाद यादव प्रथम, प्र.ज.कृष्ण कुमार प्रथम स्थान हाँसिल गरेका थिए भने प्र.ह.रामाशिस प्रसाद यादव समान्य बराबर त्यसै गरी प्र.ह.गंगाराम चमार र प्र.ज.रुपेश कुमार यादवले हार ब्योहोर्नु परे पनी समग्रमा टिमले प्रथम स्थान हाँसिल गरी पुरष्कार स्वरुप गद्दा पाएको थियो । सो खेलमा नेपाल प्रहरीका कुस्ती खेलाडिहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल्ड – ५ र सिल्भर-१ समेत प्राप्त गरेका थिए । विजयी खेलाडिहरुलाई आज एक कार्यक्रम विच नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज पर्साका कार्यालय प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाज्यूले सम्मान गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles