Sunday, April 26, 2026

प्रहरीमा कडा संघर्ष:६ एसएसपीपद खाली १७ एसपी प्रतिस्पर्धामा:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीमा ६ बरिस्ठ प्रहरी उपरीक्षक(एसएसपीको) पद खाली १७ जना प्रहरी उपरीक्षक (एसपी)प्रतिस्पर्धामा छन् ।

नेपाल प्रहरीमा ६ वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त रहेको छ ।

भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजी बढुवाका लागि सिफारिस भएपछि ५ एसएसपी रिक्त भएको हो ।बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत अर्का एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त एसएसपीको संख्या ६ पुगेको छ । रिक्त ६ एसएसपी पदका लागि बढुवा सिफारिस समितिले गृहकार्य सुरु गरेको छ ।
अहिले बढुवा सिफारिस भएका डीआईजीहरू बढुवा भएर दर्ज्यानी चिह्न लगाएको अवस्था र रानाभाटको राजीनामा स्वीकृत भएपछि एसएसपीमा बढुवा गर्नेगरी तयारी अघि बढाइएको छ ।बढुवा सूचीको पहिलो नम्बरमा बिमल बस्नेत छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् । बस्नेत यसअघि पनि पटकपटक बढुवामा छुट्दै आएका थिए ।
५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा बस्नेत छुटेका थिए ।त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए ।
बस्नेतपछि दोस्रो नम्बरमा रामप्रकाश शाह प्रतिस्पर्धामा छन् । उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा २०५५ सालमा भर्ना प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।त्यसपछि भने २० माघ २०७७ मा एसपी भएका अधिकृतहरू बढुवाको प्रतिस्पर्धामा छन् ।जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् । उनीहरूमध्येबाटै ६ जना एसएसपी बन्ने छन् भने बाँकी एसपीमै रहने भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles