Sunday, April 26, 2026

जेनजी आन्दोलनमा लुटिएका स्वचालित हतियारसहित पठाओ राइडर पक्राउ:-

ताजा / भरखरै प्राप्त

तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का २८ वर्षीय शिवराज धमला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । धमला पठाओ राइडरका रूपमा पनि कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा एसपी काजिकुमार आचार्यका अनुसार धमलाको साथबाट स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद गरिएको छ।प्रहरीका अनुसार ती हतियारहरू भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका थिए।आन्दोलनका क्रममा प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएका थिए भने तीमध्ये करिब ५ सयभन्दा बढी हतियार अझै बेपत्ता रहेको बताइएको छ ।
पक्राउ परेका धमलालाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयमै राखिएको छ । नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles