ललितपुर, २३ कार्तिक
ललितपुरको गोदावरी नगरपालिका–२ स्थित मानेडाँडाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भएका २७ वर्षीय रमेश राई, गोदावरी नगरपालिका–९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सौगात कार्की छन् ।
रमेश राईको डेराबाट ट्रामाडोल ४ हजार ५० पिस र गाँजा ४ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । प्रहरी प्रभाग गोदावरी र बाँडेगाउँबाट खटिएको टोलीले लागुऔषध किनबेच गर्न बोकेर हिँडेको २० हजार नगद पनि प्रहरीले बरामद गरेको छ ।


