Saturday, May 16, 2026

मकवानपुर प्रहरीद्वारा चोरीको मोटरसाइकल किन्ने अभिषेक पक्राउ:-

ताजा / भरखरै प्राप्त

जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित पक्राउ परेका छन् । मकवानपुर जिल्ला का हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा ४०प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवालाई पक्राउ गरेको मकवानपुरका प्रहरीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरेको बताएका छन् । मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिएका छन् ।खाती गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए । केही दिनअघि प्रहरीले उनलाई पुनः
पक्राउ गरी कारागार पठाएको मकवानपुर प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles