Tuesday, May 19, 2026

एसपी कार्की: शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन:-

ताजा / भरखरै प्राप्त

धिरज यादव
रौतहट,
नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता कमाउने, चाकडी गर्ने वा बाह्य दबाबमा परेर काम गर्ने प्रवृत्तिबाट आफू पूर्ण रूपमा टाढा रहेको स्पष्ट पारेका छन्।
एसपी कार्कीका अनुसार हाल सोशल मिडियामा ‘पत्रकार’ नाममा गतिविधि गर्ने केही व्यक्तिहरूले अनैतिक व्यवहार, दुरुपयोग, धम्की तथा असुलीका घटनाहरू बढाएको प्रहरी अनुसन्धानले देखाएको छ।
उनका अनुसार:

  • फेसबुकमा पुराना भिडियो प्रयोग गरेर,
  • AI तथा एडिटमार्फत भ्रामक सामग्री बनाएर,
  • व्यापारी तथा सर्वसाधारणलाई तर्साउने,
  • आफूसँग कुनै दर्ता, परिचय वा संगठनात्मक मान्यता नहुँदा पनि ‘पत्रकार’ दाबी गर्ने
    प्रवृत्ति तीव्र बन्दै गएको छ।
    त्यस्ता व्यक्तिहरूले आफ्ना स्वार्थ पुरा नभए प्रहरी अधिकारीहरूलाई लक्षित गर्दै बिना प्रमाण बदनाम गर्न खोज्ने, आरोप–प्रत्यारोप गर्ने तथा भ्रम फैलाउने गतिविधि देखिएको एसपी कार्कीले बताएका छन्।

    “इमानदार र निष्पक्ष रूपमा काम गर्नु नै मेरो मूल धर्म हो। कसैको आधारहीन फेसबुक पोस्ट वा बदनाम गर्ने कोसिसले मेरो काममा प्रभाव पार्दैन,” उनले बताएका छन्।
    उनले रौतहटका यथार्थवादी, इमानदार र पेशागत आचारसंहितामा काम गर्ने पत्रकारहरूलाई सम्मान गर्दै, प्रहरी प्रशासन सधैं सहकार्यका लागि तयार रहेको पनि स्पष्ट पारे।
    एसपी कार्कीका अनुसार रौतहटमा शान्ति–सुरक्षा, तस्करी नियन्त्रण, अवैध कारोबार रोकथाम र लागूऔषध न्यूनीकरणका लागि प्रहरीले उच्च सतर्कता र पूर्ण क्षमतासहित काम गरिरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles