राैतहट जिल्लाका सशस्त्र प्रहरी प्रमुख गणको संरक्षणमा
तस्करी भैरहेको छ,
राैतहट जिल्लाका बिओपी. रामपुर खाप बिओपी. बंकुलको नाका एक रातमा करिब पाँच लाख भन्दा बढीको राजस्व छली गरेर भइरहेको छ, तस्करी, भने १ महिनामा कति रकम राज्यलाई घाटा भइरहेको होला भनी अनुमान गर्न सकिन्छ, राज्यलाई सहयोग गर्ने मुख्य दायित्व लिएका सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्वार्थका लागि राज्यलाई कति ठूलो क्षति पु¥याइरहेका छन् भन्ने बुझ्न सकिन्छ। सीमा नाकाबाट निजी प्रयोजनका लागि सामान ल्याउँदा चेकजाँच गर्ने सशस्त्र प्रहरीले पकअपमा लोड गरेर नेपालबाट भारत र भारतबाट नेपाल अवैध रूपमा तस्करीको सामान भित्र्याउँदा केही नगरी चुप लागेर बस्ने गरेका छन्। प्रस्तावित गुल्म गौरका प्रमुख डीएसपी गान्धीब राज स्यांताङको विशेष निगरानीमा अहिले तीव्र रूपमा तस्करी भइरहेको स्थानीयले बताउँछन् । महादेवपट्टी, रामपुर खाप, बंकुल प्रचलित नाकाका रूपमा रहेका छन् ।
तस्करहरूले तलदेखि माथिसम्म सेटिङ गरिएको भनेर खुलेआम तस्करी गर्ने गरेको स्थानीयहरूले बताएका छन् ।
नेपालबाट अखरोट, हुक्का, किसमिस भारी मात्रामा लगिने गरिन्छ भने भारतीय सिमा सुरक्षा बलको सहयोगबाट र सशस्त्र प्रहरी बल नेपाल गण राैतहटको इसारामा र बिओपी.बंकुल,र बिओपी.रामपुरखापको सहयोगमा, भारतबाट भैसी,पाडा, कपडा, इलेक्ट्रोनिक्स सामान, चिनी, मलखाद, स्पेयर्स पार्टहरू थोक मात्रामा रातिको समयमा नेपाल भित्र्याइने गरेको स्थानीयहरूले बताएका छन् । राति भारी गाडी ढुवानी गर्ने गरेको बुझिएको छ।
आफ्नै देशको अर्थतन्त्रलाई धरासायी बनाउने कार्य गर्ने माथि कार्यवाही गर्ने निकाय, जिम्मेवार व्यक्तिको कमजोरीको फाइदा जिल्लास्थित प्रमुखहरूले उठाउने गरेका छन् ।
–रमेशकुमार यादव राैतहट ।


