Saturday, May 30, 2026

रौतहटमा ट्रक-कार एकआपसमा ठोकिदा एक वृद्धको मृत्यु:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको ट्रक-कार दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।

बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान करिब ७:५० बजे आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा अन्दाजी ८०-९० वर्ष उमेरका एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

सोही दुर्घटनामा बारा, निजगढका २५-३० वर्ष उमेरका दिनेश थपलिया घाइते भएका छन् भने चन्द्रपुर- ६ का २० वर्षीय डोरमणि सापकोटा पनि घाइते भएका छन्। दुबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटनापछि ट्रक र कार चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles