Saturday, May 30, 2026

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ:-

ताजा / भरखरै प्राप्त

चार जना मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ, श्रममा पूर्व नेपाल प्रहरीका एआईजी भण्डारी रहेको छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन्। इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रेष्ठ पर्यटन बोर्डको कर्मचारी हुन्। वन मन्त्री बनेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन्।
नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषदको आकार १४ सदस्यीय भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles