Saturday, May 30, 2026

पर्सा प्रहरीद्वारा ट्रामाडोल क्याप्सुल ७६,१७०,सहित चार जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी पर्साले पर्साका विभिन्न स्थानमा गरी ७६ हजार १ सय ७० थान ट्रामाडोल क्याप्सुल बरामद गर्दै ४ जनालाई पक्राउ पनि गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपीले) जानकारी दिएको छन् ।

पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गरिएको छुट्टाछुट्टै अपरेशनका क्रममा उक्त सफलता हात लागेको हो ।

पर्सा प्रहरीका अनुसार, सुचना तन्त्रमार्फत लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि पर्सा प्रहरीले विशेष टोली परिचालन गरेको थियो। जाँच–तलासीका क्रममा शंका लागेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल क्याप्सुल फेला पारिएको प्रहरीको भनाइ रहेको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला प्रहरी कार्यालयमा राखिएको तथा उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रामाडोलजस्तो संवेदनशील औषधि गैरकानुनी रूपमा बिक्री वितरण बढ्दै गएकाले नियन्त्रणका लागि कडाई गरिँदै आएको छ। हालैका दिनमा पर्सा प्रहरीले लागुऔषध सम्बन्धी अपराधमा उच्च सक्रियता देखाउँदै धेरै पटक ठूलो परिमाणका प्रतिबन्धित औषधि बरामद गरेको पर्साका प्रहरीले बताउँछन् ।

प्रहरीले जिल्ला भित्र लागुऔषध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रण गर्न आम नागरिकलाई सतर्क रहन र शंकास्पद गतिविधबारे जानकारी दिन अपिल पनि गरेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles