सुनसरी प्रहरीका अनुसार सुनसरीमा ६० किलो गाँजा फालेर मोटरसाइकल चालक फरार भएको प्रहरीले बताउँछन् ।
सुनसरीको देवानगंज गाउँपालिका–४ कौवाखोज नजिक करिब ६० किलो लागूऔषध गाँजा फालेर भागेको अवस्थामामा प्रहरीले मोटरसाइकलसहित गाँजा फेला पारेका छन् ।
गएराती करिब २ बजेतिर इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट संयुक्त रूपमा खटिएको टोलीले गस्तीका क्रममा नेपालबाट भारततर्फ शंकास्पद रूपमा गुडिरहेको मोटरसाइकललाई रोक्न खोज्दा चालकले गाँजा भएको दुई वटा बोरा फालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
बोरा खोल्दा प्याक गरिएको अवस्थामा ६० केजी गाँजा र बि आर ५० एनजी ८९९३ को मोटरसाइकल समेत फेला पारेको प्रहरीले जनाएको छ।बरामद गाँजा र मोटरसाइकललाई कानूनबमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको र थप अनुसन्धान थालिएको छ भने फरार चालकको खोजी भइरहेको सुनसरीका प्रहरीले बताएका छन् ।


