Saturday, May 30, 2026

कमरेड प्रचण्ड एमालेको महाधिवेशनमा सहभागी नहुने:-

ताजा / भरखरै प्राप्त

नेकपा एमालेको ११औँ महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष रूपमा उपस्थिति नहुने भएका छन् ।
उनले बुधबार नै टेलिफोनमार्फत शुभकामना सन्देश पठाइसकेका छन् ।प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डको कर्णाली प्रदेशमा पहिल्यै तय भइसकेको एकता सन्देशसभाका कारण महाधिवेशनमा भौतिक उपस्थिति सम्भव नभएको हो ।

कर्णाली प्रदेशमा भोलिको एकता सन्देशसभा पहिले नै तय भएकाले प्रचण्ड सहभागि नहुने बताइएको छ ।एमालेको महाधिवेशनमा विभिन्न शीर्ष नेता तथा दलका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरिरहेका बेला प्रचण्डको अनुपस्थिति राजनीतिक वृत्तमा चर्चा बनेको छ ।
प्रचण्डले टेलिफोनमार्फत भने पनि शुभकामना दिएर राजनीतिक शिष्टाचार निर्वाह गरेको सचिवालयले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles