Sunday, April 26, 2026

सर्लाही प्रहरीद्वारा साँढे ३ बिघा अवैध गाँजा खेती नष्ट:-

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२, पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा सुरक्षा निकायहरुले ठुलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै खोला हुँदै सिन्धुली नजिकको दुर्गम चुरेवर्ती भूभागमा पुगेका करिब साँढे ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती पूर्ण रूपमा नष्ट गरेको सर्लाहीका प्रहरीले जनाएको छन् ।
उक्त क्षेत्रमा अन्य कृषि बाली उत्पादन राम्रो नहुने भएकाले स्थानीयले आय-आर्जनका लागि लामो समयदेखि लुकीछिपी गाँजा खेती गर्दै आएको बताइएको छ ।
स्थानीयका लागि यो सहज आम्दानीको माध्यम भए पनि नेपालको प्रचलित कानुनले गाँजा खेतीलाई पूर्ण रूपमा अवैधानिक मानेकाले प्रहरीले निरन्तर निगरानीसहित कारबाही गर्दै आएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles