


सुनसरी जिल्लाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारमा गाँजा सहित दुई जना लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र वडा नम्बर ३ नडाहा सडक खण्डबाट कार सहित गाँजा बरामद गरेका छन् । सशस्त्र प्रहरीका चतरा सुरक्षा वेसका प्रहरी निरीक्षक दिपक नापित र प्रहरी चाेैकी नडाहाका प्रहरी सहायक निरीक्षक जिवनारायण भट्ट सहितकाे टाेलीले कारमा गाँजा र दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएकाे हाे । नम्बर ४ गण हे.क्वा.सुनसरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बिराटनगर नगरपालिका – ५ का सचिन मेहता र इटहरी १७ का करण साह रहेका छन् । धरानबाट आउँदै गरेकाे कार चेक जाँचका क्रममा लुकाइराखेको १५० किलाे गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सुनसरीले जनाएको छ ।


