




आसरा सुधार केन्द्र रानीबारी परिसरमा समादरणीय नव अध्यक्ष श्रीमती नबिना खत्री कार्कीको स्वागत कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव तथा उपाध्यक्षहरु, सल्लाहकारहरु, केन्द्रकी आदरणीय उपाध्यक्ष, सचिव एवं कोषाध्यक्ष, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीहरु, प्रहरी बरिष्ठ अधिकृतहरु, प्रहरी अधिकृतहरु, केन्द्रमा कार्यरत कर्मचारीहरु तथा उपचाररत सदस्यहरुको उपस्थितिमा केन्द्रकी सदस्य श्रीमती सुशिला रेग्मी अधिकारीबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई केन्द्रकी आदरणीय सचिव श्रीमती शामिला चालिसेबाट स्वागत मन्तव्य व्यक्त, उपचाररत सदस्यहरुबाट साँस्कृतिक कार्यक्रमको प्रस्तुती, केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूबाट केन्द्रको अध्यक्षको पदभार ग्रहण गर्नुभएकी छन् ।


