भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले सरकारी कार्यक्रममा एक मुस्लिम महिलाको हिजाब तानेर हटाएको भिडियो सार्वजनिक भएपछि भारतभर तीव्र आक्रोश र निन्दा फैलिएको देखिन्छन् ।
उक्त घटनालाई महिलाको मर्यादा, धार्मिक स्वतन्त्रता र अल्पसंख्यक अधिकारमाथिको गम्भीर आक्रमणका रूपमा लिइएको जनाइएको छ।
भारतका बिहारको राजधानी पटनामा आयोजित एक कार्यक्रममा वैकल्पिक चिकित्सा विषयकी एक महिला चिकित्सकलाई नियुक्तिपत्र प्रदान गर्ने क्रममा मुख्यमन्त्री कुमारले उनको हिजाब हटाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
भाइरल भिडियोमा देखिएअनुसार, ७४ वर्षीय नितिश कुमार कागजात हातमा लिएर महिलाले लगाएको पहिरनतर्फ संकेत गर्दै हटाउन गरको छन् ।
बिहारका मुख्यतमन्त्री आफैँ हात बढाएर हिजाब तानेर हटाइको समाजिक संजालमा देखिन्छ ।
मञ्चमा उपस्थित एक मन्त्रीले रोक्ने प्रयास गरे पनि अन्य अधिकारीहरू हाँसिरहेको भिडियोमा पनि देखिएको छ ।
नितिश कुमार पछिल्ला करिब दुई दशकयता बिहारका मुख्यमन्त्री रहँदै आएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) का निकट सहयोगी भएको मानिन्छन्। गत महिना सम्पन्न बिहार विधानसभा चुनावमा मोदी–कुमार गठबन्धन विजयी भएको थियो, जसमा बीजेपी पहिलोपटक सबैभन्दा ठूलो दल बनेको बताइएको छ ।
यो भिडियो सबैभन्दा पहिले राष्ट्रिय जनता दल (आरजेडी) ले सामाजिक सञ्जाल एक्स (X) मा सार्वजनिक गरेको हो। आरजेडीले पोस्टमा प्रश्न गरेको छ,
“नितिशजीलाई के भयो? उहाँको मानसिक अवस्था बिग्रिएको हो कि नितिश ‘बाबु’ अब पूर्ण रूपमा सङ्घी (सांघी) बन्नुभएको हो?”
यहाँ ‘सङ्घी’ शब्दले राष्ट्रिय स्वयंसेवक संघ (RSS) सँग सम्बन्धित व्यक्तिलाई जनाउँछ । आरएसएस भारतलाई धर्मनिरपेक्ष राज्यबाट हिन्दू राष्ट्र बनाउने लक्ष्य राख्ने अतिदक्षिणपन्थी संगठन रहेको बताइन्छ । प्रधानमन्त्री मोदीसहित अधिकांश बीजेपी नेताहरू यसै संगठनका आजीवन सदस्य रहेको छन् ।
बीजेपी र उसका सहयोगी दलहरूले लामो समयदेखि मुस्लिम महिलाको हिजाब प्रयोगको विरोध गर्दै आईरहेको छन् ।
सन् २०२२ मा कर्नाटक राज्यमा कक्षाकोठाभित्र हिजाब प्रतिबन्ध लगाइएपछि ठूलो आन्दोलन भएको थियो। सर्वोच्च अदालतका दुई न्यायाधीशबीच मत विभाजन भएपछि हिजाबसम्बन्धी बहस अझै जारी रहेको बताइन्छ ।भारतमा करिब २० करोड मुस्लिम जनसंख्या रहेको जनाइएको छ।
बिहारको कुल जनसंख्याको करिब १८ प्रतिशत मुस्लिम समुदाय रहेको तथ्यांक रहेको छ ।
बिहारभरीमा विरोध, प्रदर्शन र राजीनामाको माग जारी रहेको समाजिक संजालमा देखिन्छ ।
घटनापछि विपक्षी दलहरू र मुस्लिम संगठनहरूले नितिश कुमारको कडा आलोचना गर्दै राजीनामाको माग गरेका छन् । प्रमुख विपक्षी दल कांग्रेस पार्टी ले एक्समा लेखेको छ,
“एक महिला चिकित्सक नियुक्तिपत्र लिन आएकी थिइन्, र बिहारका मुख्यमन्त्रीले उनको हिजाब ताने । यस्तो घृणित व्यवहार गर्ने व्यक्ति राज्यको सर्वोच्च पदमा बसिरहेका छन् । सोच्नुहोस्, यस्तो राज्यमा महिलाहरू कति सुरक्षित छन् ? नितिश कुमारले तुरुन्त राजीनामा दिनुपर्छ” भनेको छन् ।
अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (AIMIM) का कार्यकर्ताहरूले मुम्बईमा प्रदर्शन गर्दै नितिश कुमारविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा एक महिलाले प्रहरीद्वारा तानिँदै गर्दा चिच्याउँदै भनेकी थिइन् “एक मुस्लिम महिलाको अपमान गरिएको छ, नितिश कुमारले राजीनामा दिनुपर्छ।”
कश्मीरकी पूर्व अभिनेत्री जाइरा वसिमले पनि नितिश कुमारसँग बिनासर्त माफी माग्नुपर्ने बताएकी छन्। उनले लेखेकी छन्,
“महिलाको गरिमा र मर्यादा खेलौना होइन । शक्ति हुनुको अर्थ सीमा मिच्न पाउने अनुमति होइन।”
छिमेकी देश पाकिस्तानका विदेशमन्त्री इसहाक दारले पनि घटनालाई “लज्जास्पद” र “अत्यन्त चिन्ताजनक” भन्दै प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्,
“यस्ता घटनाले अल्पसंख्यक अधिकारको संरक्षण कति आवश्यक छ भन्ने देखाउँछ। इस्लामोफोबियाको बढ्दो प्रवृत्तिलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्छ।”
बिहारका मुख्यतमन्त्री नितिश कुमारको मौन छन् ।
घटनाबारे नितिश कुमारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनको पार्टी जनता दल (युनाइटेड) ले एक्समा लेख्दै,
“नितिश कुमारले आफ्नो कार्यकालभर अल्पसंख्यक समुदायको संरक्षण गर्दै आएका छन् , नितिश सरकारमा अल्पसंख्यक सुरक्षित छन्,”
भनेको छन् । तर उक्त पोस्टमा सोमबार भएको घटनाबारे कुनै उल्लेख गरिएको छैन ।
यसैबीच, एम्नेस्टी इन्टरनेशनल भारतका प्रमुख आकर पटेलले अल जजिरालाई पठाएको विज्ञप्तिमा भनेका छन्,
“यो घटना महिलाको गरिमा, आत्मनिर्णय र पहिचानमाथिको आक्रमण हो। सार्वजनिक पदमा बसेको व्यक्तिले जबर्जस्ती महिलाको हिजाब हटाउँदा समाजमा गलत सन्देश जान्छ। कसैलाई पनि महिलाको आस्था र पहिरनमाथि नियन्त्रण गर्ने अधिकार छैन।”
उनले थपे,
“यस्ता कार्यले डर बढाउँछ, विभेदलाई सामान्य बनाउँछ र समानता तथा धार्मिक स्वतन्त्रताको आधार कमजोर पार्छ । यस घटनाको स्पष्ट निन्दा र जवाफदेहिता आवश्यक रहेको छ।”


