सशस्त्र प्रहरी बल नेपाल पर्साले विभिन्न ठाउबाट तस्करीका समान पक्राउ परेका मूल्य १६,०८,८६०, बराबरको सामानहरु पर्साका बिरगञज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
मिति २०८२।०९।०४ गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका-२५ खलवा नाका स्थित भारतबाट अबैध रुपमा भन्सार छली विभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु.७,५६,४९०। बराबरको कपडा र कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि पर्साका वीरगंज भन्सार कार्यालमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.वीरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा वीरगंज महानगरपालिका-२५ खलवा नाका स्थित भारतबाट अवैध रुपमा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको रु. ७,४९,८००, बराबरको कपडा,किराना,कफिदाना तथा कस्मेटिक सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी बल,नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.अलौबाट खटिएको टोलिले जिल्ला पर्सा विरगंज महानगरपालिका-१७ कोनिया स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ साईकलमा ल्याउँदै गरेको मुल्य रु.१,०२,५७०, बराबरको किराना र एयरबट बरामद गरि आवश्यक कारवाही लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज योन्जनले जानकारी दिएको हो ।


