Monday, April 27, 2026

मुख्यमन्त्री कृष्णप्रसाद यादवज्युले आज विश्वासको मत लिने:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेश सभामा विश्वासको मत लिन लागेको जनाइएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न ४ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंसिर १९ मा ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त यादवले आज सिंगो सदनको विश्वासको मत लिन लागेको हो।

गत सोमबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको सात दलको बैठकमा शुक्रबार विश्वासको मत लिने सहमति भएपछि मुख्यमन्त्री यादवले प्रदेशसभालाई विश्वासको मत दिन पत्र पठाएका थिए।

विश्वासको मत पाउनका लागि बहुमत आवश्यक छ। हाल यादवसँग दुई तिहाइ समर्थन रहेको देखिन्छ। यसअघि पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि अब बन्ने कुनै सरकारलाई विश्वासको मत दिने संकेतसहित यादवको सिंगो सदनको समर्थन सुनिश्चित रहेको विश्लेषकहरूको भनाइ रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles